समाजवादी ट्रेड युनियन महासंघले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई संगठीत गर्दै
काठमाडौं । समाजवादी ट्रेड युनियन महासंघले वैदशिक रोजगारीमा रहेका श्रमिकहरुलाई संगठीत गर्ने अभियान थालेको छ । जसअनुसार युएइमा कार्यरत श्रमिकहरुलाई संगठीत गर्न महासंघअन्तर्गतको घटक संगठन स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक संघले सदस्यमार्फत आज संगठनको झण्डा र व्यानर हस्तान्तरण गरेको छ ।
संगठनले उक्त मुलुकमा रहेका नेपाली श्रमिकहरुलाई एकिकृत र संगठीत गर्दै श्रमिकहरुको समस्या र अधिकारका लागि पहल गर्ने स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक संघका अध्यक्ष प्रेम तामाङ्गले बताए ।
सो अवसरमा केही श्रमिकहरु समेत पार्टी प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठले खादा ओढाएर स्वागत गरेका थिए । सो अवसरमा पार्टीका कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत, समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन लम्साल तथा पार्टीका युवा नेता विकास व्लोनलगायत उपस्थित थिए ।