एफवान सफ्ट ग्रुप द्वारा ”फोनपोईन्ट्स” नामक नयाँ कम्पनीको सुरुवात
काठमाडौं । एफवान सफ्ट ग्रुप, नेपालको अग्रणी फिनटेक समूहले, ‘फोनपोईन्ट्स’ नामक कम्पनी, यहि पुस २५ देखि आधिकारिक रूपमा संचालनमा ल्याएको छ। फोनपोईन्ट्सको उद्देश्य नेपालको ‘रिवाड्स’ र ‘लोयल्टी प्रोगाम’ मार्केटमा नयाँ आयाम थप्नु रहेको छ।
फोनपोईन्ट्स, लोयल्टी पोइन्टको “रिडेम्पसन” सुविधा प्रदान गर्दै उक्त पोइन्टहरूको प्रबन्धन र व्यवस्थापन गर्ने एक प्लेटफर्म हो।
फोनपोईन्ट्सको उदेश्य ग्राहकहरुको दैनिक भुक्तानीलाई इनामदायी गराउनुको साथसाथै उक्त प्लेटफर्ममा सम्लग्न व्यवसायीहरुको लागि एक लोयल्टि प्रोग्रामको पूर्वाधार सृजना गराउनु पनि हो ।
फोनपोईन्ट्स द्वारा ग्राहकहरुले विभिन्न व्यवसायी स्थानहरुमा भुक्तानीको दौरान केहि पोईन्ट्सहरु आर्जन गरी, सो पोईन्ट्सहरुबाट विभिन्न तरिकाको लाभहरु लिन मिल्ने आधार तयार गरिएको छ ।
कम्पनिको शुरुवातको बारेमा बोल्दै फोनपोइन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेलले भने,”हामी फोनपोईन्ट्सको आधिकारिक सुरुवातको घोषणा गर्न पाउँदा निकै खुसी छौँ । हाम्रो मिशन प्रत्येक लेनदेनलाई रिवार्डिङ् बनाउनु हो र साथै ग्राहक र हाम्रो पार्टनरहरूको व्यापारमा लोयाल्टी बढाउनु हो। फोनपोईन्ट्स एक लोयल्टी प्लेटफर्म मात्र नभई यो बिजनेसेलाई ग्राहक रिटेन र एन्गेज गर्नका लागि डिजाइन गरिएको एक समाधान हो ।”