दुरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षमा नवराज अधिकारी
काठमाडौं । सरकारले दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षमा बोर्ड सदस्य नवराज अधिकारीलाई नियुक्त गरेको छ ।
मंगलबार अनियमितताको आरोपमा मुछिएपछि पुरुषोत्तम खनालले राजीनामा दिएकाले अधिकारीलाई सो जिम्मेवारी दिइएको हो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले खनालको राजीनामा स्वीकृत गर्ने र कार्यवाहकमा अधिकारीलाई नियुक्त गरेको छ ।
रिक्त पदमा दूरसञ्चार नियमावलीको नियम ३ क बमोजिम प्राधिकरण बोर्डका सदस्य अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोकिएको हाे।