हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाकै निधन | को को थिए अरु हेलिकोप्टरमा ?
काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा उनको निधन भएको हो । गृह सचिव प्रेमकुमार राईले मन्त्रीको निधन भएको पुष्टि गरेका छन् ।
तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन ।
घटनास्थलमा रहेका स्थानीयबासीका अनुसार हेलिकोप्टर टुक्राटुक्रा भएको छ र आगो बलिरहेको छ । एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो । हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए । मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए । हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल, ध्रुवदाश बजिमय र अर्जुनकुमार घिमिरे सवार थिए ।
घटनाको विवरण थप आउन बाँकी छ ।