प्रभु इन्स्योरेन्सको सीईओमा बज्राचार्य पुन: नियुक्त
काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्चित बज्राचार्य पुन: नियुक्त भएका छन । प्रभु इन्स्योरेन्सको सञ्चालक समितिले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो ।
यसअघि उनी सोही कम्पनीका कार्यकारी प्रमुख रहेका थिए । बीमा ऐन, २०७९ को दफा ५७ (१) अनुसार २०८० माघ १ गतेदेखि लागू हुने गरि ४ वर्षको लागि उनलाई कम्पनीको सीईओमा नियुक्त गरिको कम्पनीले जनाएको छ । बज्राचार्य सन् २००९ देखि सोहि कम्पनीमा आवद्ध छन्। उनीसँग व्यवस्थापकीय जिम्मेवारीको २७ वर्षे अनुभव रहेको छ।