रेनो सर्भिस क्याम्प शुरु |

काठमाडौं । रेनो नेपालको लागि आधिकारिक वितरक एड्भान्स अटो मोवाइल्स् प्रालिले आफ्नो उपभोक्ताको सुविधाका लागि रेनो सर्भिस क्याम्प यहि मिति फागुन १२ गते देखि संचालनमा ल्याएको छ । यो सर्भिस क्याम्प चैत्र ५ गतेसम्म नेपालका विभिन्न शहरहरुमा आयोजना हुनेछ । जसमा उपभोक्ताले आफ्नो गाडीको उत्कृष्ट सर्भिस सेवा पाउने छन् ।
रेनोले यो सर्भिस क्याम्पको थिम ‘ड्राइभ बेटर, लिभ बेटर’ रहेको छ । जसले ग्राहकलाई सर्वोत्तम र अनुकरणीय सेवा दिनुका साथै मर्मतको पनि सुविधा प्रदान गर्नेछ । रेनोको सर्भिस क्याम्प देशका प्रमुख शहरहरुमा उपलब्ध हुनेछ ।
यो सर्भिस क्याम्पमा सहभागि हुने ग्राहकले विभिन्न छुटका सुविधाहरु पाउने छन् । जसमा निːशुल्क लेबर चार्ज, १५ प्रतिशत लुब्रिकेन्टमा छुट, एसीमा २०० जीएम रिफिलिङ निːशुल्क, स्पेयर पार्टसमा १० प्रतिशत छुट, निːशुल्क भेइकल चेकअप, धुलाई र कोलेन निːशुल्क दिइने छ । त्यसैले नजिकैको डिलरमा गएर गाडीको सर्भिसिङ र मर्मत गर्न कम्पनीले आग्रह गरेको छ ।