सुनको मुल्यमा फेरी नयाँ रेकर्ड कायम, फेडको ब्याजदर कटौती गर्ने निर्णयको प्रभाव
काठमाडौं । याे साता नेपाली सुन बजारमा सुनकाे मूल्यले ऐतिहासिक रेकर्ड कायम गर्याे । बिहीबार सुन प्रतिताेला एक लाख २२ हजार रूपैयाँ पुगेर उच्च् विन्दुमा पुग्याे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विज्ञहरूले अँग्रेजी नयाँ बर्षमा सुनको मुल्यले रेकर्ड कायम गर्न सक्ने आँकलन समेत गरेका छन् ।
यो साता विश्व बजारमा सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । जसकाे प्रभाव नेपाली सुन बजारमा देखियाे र सुनकाे भाउले नयाँ रेहर्ड बनायाे।
अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने नीति लिएसँगै बढेको सुनको मुल्यमा विभिन्न मुलुकमा जारी द्धन्दले थप प्रभाव पारेको बिश्लेषकहरुले बताएका छन्। उनीहरुले यसअघि नै अँग्रेजी नयाँ बर्षमा सुनको मुल्यले रेकर्ड कायम गर्न सक्ने अनुमान समेत रहेकाे छ ।
नेपाली बजारमा पनि यो साता सुनले रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन,आइतबार प्रतिताेलाा एक लाख १९ हजार ९०० रुपैयाँ रहेको थियाे । साेमबार स्थिर रहेकाे सुनको मुल्य लगातार तीन दिन बढेकाे थियाे । तर साताको पाँचौं दिन अर्थात् बिहीबार रेकर्ड बनाउँदै सुनकाे मूल्य एक लाख ४ हजार ५९५ कायम भयो । जुन साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार भने सामान्य घटेर १ लाख २२ हजार रूपैयाँकाे उचाइ छाेयाे । यो मुल्य साताको पहिलो दिनको तुलनामा अन्तिम दिनसम्म ताेलामा ८०० रुपैयाँले बढी हो ।
यस साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताभरमा चाँदी ताेलामा २० रूपैयाँले घटेकाे छ । आइतबार चाँदी प्रतिताेला एक हजार ४७५ रुपैयाँ रहेको चाँदीको मुल्य बिहीबारसम्म एक हजार ४९० रुपैयाँमा पुगी कारोबार भएको थियो ।