यशोदा फुड्सले भन्यो-‘अदालतको आदेशको गलत ब्याख्या भयो, बिक्री वितरणमा रोक लागेको छैन’
भैरहवा । पछिल्लो समय नेपाली नागरिकको रोजाईमा परेको करेन्ट चाउचाउले आफुहरुले टे्रडमार्क दर्ता गरी आबश्यक कानुनी प्रक्रिया पुरा गरी उत्पादन बिक्रि बितरण गरेको जनाएको छ ।
आक्रमक रुपमा स्वदेशी सहित बिदेशी बजारमा पुगेको करेन्ट चाउचाउमाथि सिजि फूड्सले करेन्ट चाउचाउ बिक्री वितरणमा रोक लगाएकाे भ्रामक समाचार सम्प्रशेण गरेको भन्दै यशोदाले प्रतिवाद गरेको छ ।
सिजिकाे उजुरीविरुद्ध उद्योग विभागले गत जेठ २९ गते नै निणर्य गरेको तथा उच्च अदालत पाटनमा परेको मुद्दामा पनि अदालतले यथास्थितिमै राखेको भएपनि यशोदा फूड्सले आफूविरुद्ध नियोजित भ्रम फैल्याएको दाबी गरेको छ ।
यशोदा फुड्स प्रा.लिले नेपालमा करेन्ट ट्रेडमार्क अन्तर्गत विभिन्न स्वादका चाउचाउ, चिजबल्स तथा स्न्याक्स उत्पादन गर्ने गरेको जनाएको छ ।
उद्योग विभागको फैसला चित्त नबुझेपछि सीजी फूड्सले उक्त मुद्दा लिएर पाटन उच्च अदालत पुगेको थियो । पाटन उच्च अदालतले पनि विपक्षीले गरेको मागदावीका सम्बन्धमा न्यायीक परीक्षण भई अन्तिम टुंगो लाग्न बाँकी रहेको भन्दै उद्योग विभागको निणर्य कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो ।
तर ‘उत्पादनमा रोक लाग्यो भन्दै’ आफूविरुद्ध नियोजित भ्रम छरिएको यशोदा फूड्सले विज्ञप्ती मार्फत दाबी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘पाटन उच्च अदालतले गरेको आदेशको अपव्याख्या गरी विभिन्न सञ्चारमाध्यममा यस कम्पनीको उत्पादनको विक्रीवितरणमा उच्च अदालतले रोक लगाएको भनी दुष्प्रचार गरेको कुरामा यस कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
कम्पनीले आफ्ना उत्पादनहरु नेपालमा मात्र नभई भारत, अमेरिका, जापान, कोरिया, युरोपेली मुलुकहरु, अफ्रिकीमुलुकहरु लगायत विश्वका थुप्रै मुलुकमा विक्री वितरण भइरहेको जनाएको छ ।
कम्पनीले उद्योग विभागबाट विभिन्न मितिमा दर्ता नं. ०५६९३९, ०५६९४१, ०६०९२४, ०६०९२५, ०६०९२८ लगायतबाट ट्रेडमार्क करेन्टको दर्ता प्राप्त गरेको दावी गरेको छ ।
कम्पनीले लामो समयको अनुसन्धान तथा विकासमा ठूलो लगानी गरेर उच्च गुणस्तरीय उत्पादन बजारमा पठाउन सफल भएको जनाएको छ ।
सजी फुड्स (नेपाल) प्रा.लि.ले यसोदा कम्पनीले उत्पादन तथा विक्री वितरण गर्दै आएको करेन्ट चाउचाउ अन्तर्गतको उत्पादनको विक्री वितरणमा रोक लगाई पाऊँ भनी उद्योग विभागमा दिएको उजुरीको दावी नपुग्ने भनी र यस कम्पनीले दर्ता माग गरेको ट्रेडमार्क दर्ता हुने भनीउद्योग विभागबाट २०८०/०२/२९ मा फैसला भएको कम्पनीले जनाएको छ ।
यशोदाले विभिन्न सञ्चार माध्यममा आफ्ना उत्पादनको विक्री वितरणमा उच्च अदालतले रोक लगाएको भनी दुष्प्रचार गरेको कुरामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उच्च अदालतले सुरु उद्योग विभागको निणर्य कार्यान्वन नगर्न अर्थात् विवादित लेबलको दर्ता प्रमाणपत्र दिने कार्य रोक्न मात्र आदेश गरेको विषयलाई गलत व्याख्या गरी विक्री वितरणमै रोक लगाएको भन्ने भ्रामक समाचारमा कुनै सत्यता नरहेको जनाउदै सम्पूणर् उपभोक्ता, ग्राहकवर्ग, व्यापारी वर्ग तथा डिलरहरु समक्ष उक्त भ्रामक समाचारको पछि नलागी निरन्तर उपभोग तथा विक्री वितरण गरिरहन आग्रह गरेको छ ।