यी ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स, हाथवे इन्भेष्टमेन्ट र तारागाउँ रिजेन्सी होटल्सको लाभांश सुरक्षित गर्ने आज बुधबार पुस ११ गते अन्तिम दिन हो । यी तीन वटै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ बिहीबार पुस १२ गते बुक क्लोज गर्दैछन् । तसर्थ, यी कम्पनीको लाभांश हात पार्न आज सेयर खरिद गर्नुपर्ने हुन्छ ।
फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ७.५% बोनस सेयर र कर प्रयोजन सहित ७.५% नगद गरी कुल १५% लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांकेट, भाटभटेनी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत वर्षको नाफाबाट १०.५२६% लाभांश वितरण गर्दैछ । कम्पनीले १०% बोनस सेयर र कर तिर्न ०.५२६% नगद लाभांश दिंदैछ । यसले उक्त प्रस्ताव पारित गर्न पुस २६ गते वार्षिक साधारण सभा पनि बोलाएको छ । सभा लैनचौर ब्यांकेटमा बिहान १० बजे सुरु हुनेछ ।
तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्षको नाफाबाट ४% बोनस सेयर र कर प्रयोजन सहित ११% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यसले पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।