नबिल स्टक डिलरकाे औपचारिक उदघाटन, चाँडै मार्जिन ल्याण्डिङकाे सुविधा दिने उद्घाेष
काठमाडौं । नबिल बैंक अन्तर्गतकाे स्टक डिलरकाे औपचारिक उद्घाटन गरिएकाे छ । नबिल सेक्युरिटिजकाे नाममा भदाै २० बाट ब्राेकरेज सेवा दिइरहेकाेमा नाम परिवर्तन गरेपछि नबिल स्टक डिलरले काम थालेकाे हाे ।
स्टक डिलरकाे औपचारिक उद्घाटनमा प्रमुख कार्यकारी अधिकृत शुरेश देवकाेटाले चाँडै नै लगानीकर्तालाई मार्जिन ल्याण्डिङकाे सुविधा दिन लागेकाे जानकारी दिए । उनले स्टक डिलर मार्फत ब्राेकरेज सेवा, पाेर्टफाेलियाे म्यानेजमेण्ट, अन्डरराइटिङ लगायतका सेवा प्रदान गरिने बताए । उनले नयाँ डिलरको रुपमा बजारमा भित्रिएको डिलरले पुँजी बजारमा गुणस्तरीयका साथै पारदर्शी रुपमा सेवा दिने प्रतिबद्दता ब्यक्त गरे ।
स्टक डिलरका अध्यक्ष निरज गिरीले आफूहरूले भइरहेकाे ग्राहक तान्ने भन्दा पनि नयाँ ग्राहककाे खाेजी गर्ने बताए । उनले भने, ‘नबिल डिलरले नयाँ प्रडक्टका साथ नयाँ ग्राहक तान्ने याेजना बनाइरहेकाे छ ।’
साे अवसरमा नबिल बैकका अध्यक्ष उपेन्द्र पाैडेलले डिलरले नाफा कमाउन मात्रै काम नगर्ने र सेवामा गुणस्तरमा ध्यान दिने बताए । उनले नबिल स्टक डिलरले पुँजी बजारलाई व्यवस्थित र गुणस्तरीय बनाउन भूमिका निर्वाह गर्ने बिश्वास व्यक्त गरे ।
सो अवसरमा सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, नबिल बैंकका अध्यक्ष उपेन्द्र पाैडेल, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानालगायतकाे लगायतको सहभागिता थियो ।
नबिल स्टक डिलरले ७७ नम्वरबाट ब्राेकरेज सेवा दिन थालेकाे छ ।