प्रम ओलीले आफ्नो जन्मदिनको अवसरमा रोपे आँपको बिरुवा |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८औं जन्मोत्सव आज शनिवार आँपको बिरुवा रोपेर मनाएका छन् । प्रम ओलीले बालुवाटार परिसरमा स्थानीय नर्सरीबाट ल्याएको बिरुवा रोपेका हुन् । उनले बिरुवा रोपिसकेपछि केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएका थिए ।
त्यस्तै प्रम ओलीको जन्मदिनको अवसरमा प्रमपत्नी राधिका शाक्यले पनि अम्बाको बिरुवा रोपेकी छन् ।
प्रम ओलीलाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ, बलिवुड अभिनेत्री जया प्रदालगायतले बालुवाटारमा उपस्थित भएर शुभकामना दिए । प्रम ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका हुन् ।