अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा
काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार (मंसिर २८ गते) १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ७५ पैसा कायम भएको छ । जुन अहिलेसम्मकै उच्च हो । यस्तै, खरिददर पनि १३३ रुपैयाँ १५ पैसा कायम भएको छ । यसअघि मंसिर १५ गते १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ७४ पैसा र खरिददर पनि १३३ रुपैयाँ १४ पैसामा पुगेर रेकर्ड कायम गरेको थियो ।
पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । पछिल्लो समय भूराजनीतिक तनावका कारण अमेरिकी डलर मजबुत बन्दै गएको छ । डलर महँगो हुँदा नेपाललगायत आयातमुखी अर्थतन्त्र भएका देशहरुलाई समग्रमा घाटा बढी पर्छ ।
निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । विदेशबाट रेमिटेन्स पठाउनेलाई भने केही फाइदा हुन सक्छ । समग्रमा हामीलाई डलरको भाउ महँगो हुँदा घाटा र नाफा दुवै छ । तर निर्यात व्यापारको हिस्सा निकै सानो र आयात अनुपात निकै ठूलो भएकाले घाटाको अनुपात नै बढी हुने अर्थविद्हरु बताउँछन् ।