शान्तिपूर्ण आन्दोलनमाथि प्रहरी दमन निन्दनीय : जसपा
काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मङ्सिर २६ गते भोजपुर, ओखलढुङ्गा, झापा र उदयपुरमा पहिचान पक्षधरमाथि व्यापक प्रहरी दमन भएको भन्दै उक्त घटनाप्रति निन्दा एवम् भत्र्सना गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जसपाले पहिचान एवम् अधिकार प्राप्तिको लागि गरेको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले गरेको बल प्रयोग, कुटपीट, धरपकट र दुर्ब्यवहारप्रति निन्दा गरेको हो ।
आफ्नो अधिकारको माग गर्ने जनताको लोकतान्त्रिक हकप्रति बन्देज लगाउनेहरुमाथि कारवाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै गिरफ्तार गरिएका नेता, कार्यकर्ताहरुको तत्काल रिहाई गर्न जसपाले माग गरेको छ ।