सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा केसी नियुक्त
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा चार्टर्ड एकाउण्टेन्ट गणेश कुमार केसीलाई नियुक्त भएका छन् । बैंकको संचालक समितिको ४०९औं बैठकले केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंक तथा बित्तिय संस्थामा करिब २० बर्ष भन्दा बढीको कार्य उनको अनुभव छ । यसका साथै मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा कुमारी बैंकको आन्तरिक लेखा परिक्षण विभागमा बिभागीय प्रमुखको समेत कार्य गरेको अनुभव छ ।