साना किसान लघुवित्तको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा
काठमाडौं । साना किसान लघुवित्तले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट कुल २०% लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १५% बोनस सेयर र ५% नगद (कर प्रयोजनसहित) गरी कुल २०% लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा भने यसले २६% बोनस सेयर र १.३७% नगद लाभांश वितरण गरेको थियो ।