उपकार लघुवित्तले यसपटक लाभांश वितरण नगर्ने
काठमाडौं । उपकार लघुवित्तले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।
साथै, सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । उपकारले अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा भने ६१.७५% बोनस सेयर र ३.२५% नगद गरी कुल ६५% लाभांश वितरण गरेको थियो ।