काठमाडौं । यो साता सुनको मुल्यमा रेकर्ड माथि रेकर्ड कायम भएको छ । बिश्व बजारमा उत्पन्न द्धन्दको प्रभाव, अमेरिकी रिजर्भ बैंक फेडले गरेको नीतिगत परिवर्तन र डलरको मुल्यमा परेको चाप लगायतका कारण सुनको मुल्यले उच्च रेकर्ड कायम गरेको बिश्लेषकहरुले बताएका छन् । यद्यपी साताको दोस्रो दिन सोमवार उच्च रेकर्ड कायम गरेको सुनको मुल्य त्यस पछिका दिनमा भने क्रमशः घट्यो । अमेरिकी श्रम बजारमा देखिएको सुधार सँगै सुनको मुल्यमा कमी आएको बिश्लेषकहरुले बताएका छन् ।
यो साता पनि सुनको मुल्यले नयाँ रेकर्ड कायम गर्यो । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख ३ सय ५ सय ६५ रुपैयाँ रहेको सुनको मुल्य साताको दोस्रो दिन सोमबार १ लाख ४ हजार २ सय ५० मा पुगेर रेकर्ड कायम गरेको हो । शुक्रबार भने मुल्इमा कमी आई १ लाख १ हजार ८ सय ५० कायम भयो । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम १ हजार ७ सय १५ रुपैयाँले कम हो ।
यो साता नेपाली बजारमा चाँदीले पनि उच्च रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आइतबार रेकर्ड राख्दै १ हजार ३ सय २४ रुपैयाँ ५० पैसामा कारोबार भएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार १ हजार २ सय ५२ रुपैयाँ कायम भएको छ ।