नेप्सेले गर्यो सूचीकृत कम्पनीको वर्गीकरण, समूह ‘ए’ मा दुई वाणिज्य बैंक |
काठमाडौं । नेप्सेले सूचीकृत कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको छ । वर्गिकरणमा दुई वाणिज्य बैंकहरु ग्लोबल आईएमई बैंक र इन्भरेष्टमेन्ट बैंक समूह ‘ए’ परेका छन् । यसअघि सार्वजनिक गरिएको वर्गीकरणमा उल्लेखित कम्पनीहरुले आफू उक्त समूहमा पर्ने वा नपर्ने दाबीसहित पेश गरेका प्रमाणका आधारमा अद्यावधिक सहितको वर्गीकरण सूची पुनः सार्वजनिक गरिएको हो ।
यता, समूह ‘बी’ मा कुनै पनि कम्पनी परेका छैनन् । बाँकी सबै कम्पनी समूह ‘जी’ र ‘जेड’ मा परेका छन् । समूह ‘ए’ चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुगेको, धितोपत्र सूचीकरण गराएको कम्तिमा ३ वर्ष पूरा भएको तथा विगत ३ वर्षमा कम्तिमा २ आर्थिक वर्षमा नाफा आर्जन गरेको हुनुपर्नेछ ।
यसैगरी, औसत भन्दा कम्तिमा १ तह मुनिको रेटिङ प्राप्त गरेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारण सभा सम्पन्न भएको अनि सञ्चित नोक्सान नभएको हुनुपर्ने प्रावधान छ ।