हिमालयन डिस्टिलरीको २५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । हिमालयन डिस्टिलरीले २५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनसहित १५% नगद गरी कुल २५% लाभांश दिने निर्णय गरेको हो ।
गत वर्ष यसले ६०% बोनस सेयर र कर प्रयोजनसहित १०% नगद गरी कुल ७०% लाभांश वितरण गरेको थियो । यता, कम्पनीले लाभांश वितरण प्रस्ताव पारित गर्न पुस २५ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।
सभा विरगञ्ज नगरपालिकाको लिपनीविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १०.३० बजे सुरु हुनेछ । सभाका लागि हिमालयनले पुस १३ गते बुक क्लोज गर्नेछ । पुस १२ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।