किर्तिपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । किर्तिपुरमा काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शुक्रबार सक्रिय युवा समुह र ग्रीनभ्याली सकेण्डरी स्कुलसँगको सहकार्यमा केएमसीले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
उक्त शिविरमा सो क्षेत्रका ५६४ सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ७५ जनाको इसिजी, १०३ जनाको ल्याब परीक्षण तथा ९७ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै शिविरमा आएका मध्ये ९ जनाको दाँत खोलिएको र ४३ जनालाई ओ.टी. रेफर गरिएको छ ।
केएमसीले सामाजिक उत्तरदायित्व अन्तरगत गाउँगाउँ पुगेर निःशुल्क स्वास्थ्य शिविर चलाईरहेको छ । शिविरमा अस्पतालका विशेषज्ञ चिकित्सकहरुसहित स्वास्थ्यकर्मीको टोलीले नाक कान घाँटी, आँखा रोग, दन्त रोग, नसा तथा हाडजोर्नी, जनरल मेडिसिन, स्त्री तथा प्रसुति रोग तथा बाल रोग सम्बन्धी स्वास्थ्य जाँच हुने गरेको छ ।
हाल प्रतिनिधि सभाका सांसद केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष डा. सुनिलकुमार शर्माले गाउँगाउँमा स्वास्थ्य सेवा पुर्याउने लक्ष्य लिएर निःशुल्क स्वास्थ्य शिविरको थालनी गरेका थिए । डा. शर्माको योजना अनुरुप उक्त अभियानलाई अनवरत रुपमा अगाडी बढाईरहने केएमसीकी कार्यकारी अध्यक्ष सोइना शर्माले बताएकी छिन् ।