मौद्रिक समिक्षामा व्याजदर घट्ने ब्यवस्थाले शेयर बजारमा २२ अंकको बढोत्तरी |
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यवधि समिक्षामार्फत व्याजदर घटाउने उपाय सार्वजनिक गरेको छ । यस्तो ब्यवस्था राष्ट्र बैंकले गरेसँगै मंगलबार शेयर बजार २२.४४ अंकले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको ब्याजदर उच्च भएपछि व्यवसायीहरुले प्रधानमन्त्री तथा अर्थमन्त्रीको हस्तक्षेपको माग गरेका थिए । बैंक तथा वित्तीय संस्थाको व्याजदर उच्च हुँदा शेयर बजारभन्दा बैंकको व्याजबाट उच्च प्रतिफल पाउने भएपछि शेयरमा लगानी घटेको हो । महँगो व्याजदरमा शेयर कर्जा लिएर घट्दो बजारमा लगानी गर्दा डुवेका लगानीकर्ता पछिल्लो समय बजारमा प्रवेश गरिरहेका छैनन् ।
राष्ट्र बैंकले बैंकहरुलाई कर्जाको माग पुरा गर्न प्राथमिक पूँजी बराबरनै विदेशी ऋण ल््याउने छुट दिएको छ । त्यस्तै बैंकहरुलाई दीर्घकालिन ऋणपत्र जारी गर्न दिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले सोमबार राति ल्याएको मध्यावधि समिक्षाको प्रभाव स्वरुप शेयर बजार २.०२ प्रतिशतले बढेर ११२४.९६ अंक पुगेको छ ।
सूचक बढे पनि कारोबार रकम भने २१ करोड ४५ लाख रुपैयाँमा खुम्चिएको छ । आज सम्पुर्ण सूचक तथा उपसूचक हरियो भएका छन्।् । सबैभन्दा धेरै अपर तामाकोशीको एक करोड २७ लाख रुपैयाँको कारोबार भएको छ । तामकोशीको शेयर एकै दिन ११ रुपैयाँले बढेर २३२ रुपैयाँ पुगेको छ ।