नेपाल वेयरहाउजिङ्गको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज मंसिर १३ गते बुधबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यस कम्पनीको आइपीओमा मंसिर १२ गते साँझ ५ः०९ बजेसम्ममा १० लाख ५५ हजार ६३८ जनाले १ करोड १४ लाख ५३ हजार ९४० कित्ताका लागि आवेदन दिइसकेका छन् । जुन सर्वसाधारणबाट माग गरिएको सेयर संख्याको तुलनामा १०.०३ गुणा बढी हो ।
कम्पनीले मंसिर ११ गतेदेखि १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको छ । साथै, सामूहिक लगानी कोष र कर्मचारीका लागि पनि सेयर बाँडफाँट गरिसकेको छ ।
यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।