प्रभु बैंकको ८ प्रतिशत बोनसपछि मूल्य समायोजन |
काठमाडौं । प्रभु बैंकको ८ प्रतिशत बोनस शेयर पश्चात् मूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता २१०.१९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २७२.५९ प्रतिशत रहेको थियो ।
मूल्य समायोजनपछि आज सोमवारको बजारमा कम्पनीको शेयर मूल्य घट्दो क्रममा रहेको छ । आज प्रतिकित्ता २१० रुपैयाँमा खुलेको कम्पनीको शेयरको मूल्य २०५ रुपैयाँसम्ममा घटेर कारोबार भएको छ ।