बबरमहलमा पैदलयात्रु आफैंले ट्राफिक लाइट बटन थिचेर बाटो काट्न सक्ने
काठमाडौं । बबरमहलमा पैदलयात्रु आफैंले ट्राफिक लाइट बटन थिचेर बाटो काट्न सक्ने भएका छन ।
काठमाडौं महानगरले काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा ल्याएको हो ।
यस प्रकारको ट्राफिक लाइट सोमबारबाट सञ्चालनमा आएको हा्े । बटन थिचेपछि ५ सेकेण्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेण्डभित्र पैदलयात्रुले जेब्रा क्रसिङ गरिसक्नुपर्ने छ ।