आर्थिक समृद्धि लघुवित्त २८ लाख रुपैयाँ नोक्सानमा |
काठमाडौं । आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासमा २८ लाख रुपैयाँ नोक्सानमा रहेको छ । ३ करोड ६ लाख रुपैयाँ चुक्ता पुँजी भएको लघुवित्तले जगेडाकोषमा ६५ लाख रुपैयाँ नेगेटिभमा राखिएको छ । जसले निक्षेपमा ३ करोड ३६ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा १४ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ ।
लघुवित्तको खुद व्याज आम्दानी १ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ भने संचालन मुनाफा ३२ लाख रुपैयाँ नोक्सानमा रहेको छ । जसले गर्दा नाफा पनि नोक्सानमा रहेको हो ।
जसको जोखिम युक्त सम्पत्ति १८ दशमलव ६३ प्रतिशत र निष्कृय कर्जा शुन्य दशमलव ३५ प्रतिशत रहेको छ ।