गरिमा विकास बैंक १७ औं वर्षमा, सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड १६औं बर्ष पूरा गरि १७औं बसन्तमा प्रवेश गरेको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
हाल प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार यस विकास बैंकले ८० अर्ब निक्षेप संकलन गरेको छ । करिब ६८ अर्ब कर्जा लगानीमा रहेको यस बैंकको करिब ८ लाख ग्राहकहरुलाई सेवा पुर्याइरहेको छ ।
यस विकास बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा देशको राजधानी काठमाडौंको पुतलीसडकमा १२३ औं शाखा विस्तार गरेको छ भने देशैभर एकैदिन निम्न १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको छ । बैंकले रक्तदान कार्यक्रम, न्यानो कपडा वितरण, डस्टबिन हस्तान्तरण, स्कुल ब्याग वितरण, डिजिटल बोर्ड स्थापना लगायत कार्यक्रम गरेको छ ।