माउन्टेन हाइड्रोलाई १८ लाख १६ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति |
काठमाडौं । माउन्टेन हाइड्रो नेपालले सर्वसाधारणलाई आईपीओ विक्री गर्न अनुमति पाएको छ । कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा १८ लाख १६ हजार ११० कित्ता आईपीओ विक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ ।
१८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले जारी पुँजीको १४ दशमलव ५३५ सर्वसाधारणलाई विक्री गर्न अनुमति पाएको हो । जसको विक्री प्रबन्धकको सिद्धार्थ क्यापिटल रहेको छ ।
आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गर्दा नबिकेको ५ लाख ६६ हजार ११० कित्तासमेत थप गरेर सर्वसाधारणलाई जारी गर्न लागिएको हो ।
कम्पनीले जारी पुँजी १ अर्ब २५ करोड रुपैयाँको १० प्रतिशत शेयर स्थानीयलाई खुला गरेको थियो । माउन्टेनले पाँचथर जिल्लामा २१.६ मेगावाटको तल्लो हेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको कुल लागत ३ अर्ब ९५ करोड २९ लाख २७ हजार रुपैयाँ रहने कम्पनीले जनाएको छ ।