राष्ट्रिय सहकारी बैंकको नाफा २६ प्रतिशतले वृद्धि |
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा १५ करोड ३५ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनामा २६ दशमलव ४० प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १२ करोड १५ लाख रुपैयाँ कमाएको थियो ।
हाल यस सहकारी बैंकको चुक्ता पुँजी १ अर्ब २९ करोड ८२ लाख रुपैयाँ रहेको छ । जसले जगेडाकोषमा ५० करोड ३५ लाख रुपैयाँ छुट्टाएको छ ।
यस सहकारीले निक्षेपमा १८ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ संकलन गरी कर्जामा १४ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ । यस सहकारी बैंकको खुद व्याज आम्दानी ३४ दशमलव १५ प्रतिशतले बढेर ३८ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ भने संचालन मुनाफा ७१ दशमलव ८७ प्रतिशतले बढेर १६ करोड ५६ लाख रुपैयाँ पुगेको छ । जसले सम्भावित नोक्सान व्यवस्थाहरुमा १५ करोड ३७ लाख रुपैयाँ छुट्टाएको छ भने सम्भावित नोक्सानी व्यवस्थाबाट फिर्ता ४ करोड ५४ लाख रुपैयाँ उठाएको छ ।
राष्ट्रिय सहकारी बैंकको जोखिम युक्त सम्पत्ति १२ दशमलव १८ प्रतिशत र निष्कृय कर्जा २ दशमलव ३१ प्रतिशत रहेको छ ।