सजिलो लघुवित्तको नाफा ५५ लाख |
काठमाडौं । सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा ५५ लाख रुपैयाँ कमाएको छ ।
१४ करोड रुपैयाँ चुक्ता पुँजी भएको लघुवित्तले जगेडाकोषमा ७ लाख रुपैयाँ राखेको छ । जसले निक्षेपमा ३ करोड ९६ लाख रुपैयाँ संकलन गरेको । कर्जामा ३९ करोड ७४ लाख रुपैयाँ लगानी गरेको छ ।
लघुवित्तको खुद व्याज आम्दानी १ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ भने संचालन मुनाफा ४६ लाख रुपैयाँ रहेको छ ।
जसको जोखिम युक्त सम्पत्ति ३६ दशमलव २५ प्रतिशत रहेको छ ।