उमालेर खानुहोस् यी तरकारी |
नेपाली भान्सामा तरकारी उमालेर खाने चलन खासै छैन । तर, केही तरकारी यस्ता हुन्छन्, जसलाई उसिनेर वा उमालेर खाँदा अन्य अवस्थामा भन्दा दोब्बर तागतिलो र स्वादिष्टसमेत हुन्छ । पालुङ्गो, गाजर, तरुल, बन्दागोभीलगायत तरकारी उमालेर खाँदा स्वाद तथा पोषणको मात्रा धेरै बढ्छ । उमालेको÷उसिनेको तरकारी फ्राई गरेर पकाएको भन्दा बढी लाभदायक हुन्छ । यस्तो तरकारीको सेवनले मोटोपनामा पनि कमी आउने स्वास्थविद्हरू बताउँछन् । केही तरकारीलाई सलादको रूपमा पनि काँचो नै खान पनि सकिन्छ । उमालेर तथा सलादका रूपमा खान सकिने तरकारीबारे यहाँ जानकारी दिइएको छ ː
गाजर
गाजर भिटामिन ‘ए’को भरपूर स्रोत हो । यसको सेवनका लागि सादा पानीमा एक मुठ्ठी गाजर काटेर राख्नुहोस् । यसमा एक चिम्टी नून तथा थोरै मरिच मिसाउनुहोस् । त्यसपछि यसलाई उमालेर खानुहोस् । यसरी खानाले आँखालाई समेत राम्रो हुन्छ ।
सलगम
सलगम स्वास्थ्यवद्र्धक खाद्यवस्तु हो । यसको सेवनले रगतको कमी हुन दिँदैन भने महिला महिनावारी हुँदा पनि यसले राम्रो गर्छ । त्यसका लागि दैनिक एउटा सलगम उमालेर खानुपर्छ । तर, यसलाई ३ मिनेटभन्दा धेरै बेर उमाल्नु राम्रो हुँदैन ।
आलु
आलु प्रायः भान्सामा नछुट्ने तरकारी हो । तरकारीको स्वाद बढाउन आलु मिसाउने गरिन्छ । तर, यसलाई उसिनेर मात्र पनि खान सकिन्छ । भुटेको वा तारेकोभन्दा उसिनेको आलुमा पोषक तत्व बढी मात्रामा पाइन्छ ।
भटमास
भटमास प्रोटिनको राम्रो स्रोत हो । यसको लाभदायक सेवनका लागि पानीमा ६ मिनेट उमाल्नुहोस् । त्यसपछि यसमा एक चिम्टी नून र थोरै मरिच मिलाएर खान सकिन्छ । उमालेको भटमासले मधुमेहका रोगीलाई पनि फाइदा पुग्छ ।
पालुङ्गो
भिटामिन ‘ए’ बढी पाइने तरकारीमध्ये पालुङ्गो पनि हो । विज्ञहरूका अनुसार अनुसार हरियो पात भएको पालुङ्गो उमालेर खानाले यसको पोषक तत्व दोब्बर बढ्छ । पालुङ्गोलाई रायो, मेथीलगायतको सागमा मिसाउँदा स्वादिलो हुन्छ ।
मकै
मकै प्रायः भुटेर खाने गरिन्छ । तर, यसलाई उमालेर खानु नै बढी लाभदायी हुन्छ । यसलाई उमालेर पकाउन अन्य खाद्यान्नको तुलनामा बढी समय लाग्छ । यसमा कार्बोहाइड्रेट, चिल्लोलगायत पोषणका साथै रेशा हुन्छन्, जसले कब्जियत हटाउन मद्दत पु¥याउँछ ।
सखरखण्ड
सखरखण्डमा धेरै स्टार्च (शक्तिवद्र्धक) तत्व पाइन्छ । यो जमीनमुनि फल्ने खाद्यवस्तु हो । यसलाई पोलेर पनि खान सकिन्छ । तर, उसिनेर खानु बढी लाभदायक हुन्छ ।
फूलगोभी
फूलगोभी सबैजसोलाई मन पर्ने तरकारी हो । यसलाई धेरैले तारेर नै खाने गर्छन् । तर, यस्तो गर्नाले यसमा रहेको न्युट्रियस तथा भिटामिन नष्ट हुन्छ । त्यसैले, यसलाई बफाएर खानु सबैभन्दा राम्रो तरीका हो ।
बन्दागोभी
बन्दागोभी धेरैले रुचाएको पाइँदैन । तर, यसमा धेरै पोषक तत्व हुन्छ भन्ने कतिपयलाई थाहा नहुन सक्छ । झन् यसलाई उमालेर खानाले स्वाद र लाभदायक तत्व बढ्छ । यसलाई उमाल्न प्रयोग गरिएको पानी सेवन गर्नाले पनि स्वास्थ्यलाई राम्रो हुन्छ । किनकि, त्यसमा धेरै पोषण पाइन्छ ।
ब्रोकाउली
ब्रोकाउली उमालेर खानु अति लाभदायक मानिन्छ । उसिनेको ब्रोकाउलीले ग्याष्ट्रिकका रोगीलाई फाइदा पुग्छ । यसलाई उमाल्ने बेला थोरै जैतुल तेल मिसाउनाले स्वादिष्ट बन्छ ।