युनिलिभर नेपालले अहिलेसम्मकै उच्च लाभांश दिने, मंसिर २६ गते साधारण सभा
काठमाडौं । युनिलिभर नेपालको साधारणसभाले शेयरधनीका लागि प्रतिकित्ता १५८० रुपैयाँ नगद लाभांश पारित गर्नेछ । आगामी मंसिर २६ गतेको वार्षिक साधारणसभाले उक्त लाभांश पारित गर्ने छ ।
मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले दिउँसो साढे ४ बजे होटल याक एण्ड यतीमा साधारणसभा आह्वान गरेको हो । गत आर्थिक वर्ष २०७९र८० मा प्रतिकित्ता १२५० रुपैयाँ लाभांश दिएको कम्पनीले अघिल्लो वर्ष २०७८र७९ मा प्रतिकित्ता ६५० रुपैयाँ लाभांश दिएको थियो ।