सोल्टी होटलको ३१.५७ प्रतिशत लाभांश घोषणा
काठमाडौं । सोल्टी होटलले गत वर्षको नाफाबाट ३१.५७८% लाभांश दिने घोषणा गरेको छ । होटलको मंसिर १ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ५% बोनस सेयर र २६.५७८% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यता, होटलले लाभांश प्रस्ताव पारित गर्न पुस २६ गते वार्षिक साधारण सभा पनि बोलाएको छ ।
सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ । सोल्टीले सभा प्रयोजनाका लागि पुस ५ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । यसर्थ, पुस ४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।