सानिमा जीआइसी इन्सुरेन्सको मुनाफा २४.३९ प्रतिशतले बढ्यो
काठमाडौं । सानिमा जीआइसी इन्सुरेन्सलेले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २४.३९ प्रतिशतले धेरै हो । गत वर्ष यसले २ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ६६.६६ प्रतिशतले बढेको छ ।
यसको लगानी तथा कर्जाबाट हुने आम्दानी ३ करोड ५९ लाखबाट बढेर ५ करोड ९९ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, कमिसनबाट हुने आम्दानी पनि बढेको छ । कम्पनीको कुल दावी भुक्तानी १९ करोड ८० लाख रुपैयाँ रहेको छ । गत वर्ष ७ करोड ४ लाख रुपैयाँ थियो ।
हाल यस इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा ४ करोड ३३ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको भन्दा २०७.५३ प्रतिशतले धेरै हो । सानिमा जीआइसीको ग्रस इन्सुरेन्स कन्ट्याक्ट लियाबलिटिज् (बिमा कोष) मा ३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।
असोजसम्म यसले १० करोड ७३ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा १२६.४३ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४ करोड ७४ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ भने १३२ रुपैयाँ ८० पैसा रहेको छ ।