सहारा विकास बैंकको मुनाफामा ३५ प्रतिशतले वृद्धि |
काठमाडौं । सहारा विकास बैंक लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा १ करोड १५ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन गत वर्षको सोहि अवधिको तुलना भन्दा ३५ दशमलव २१ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ८५ लाख रुपैयाँ कमाएको थियो ।
१६ करोड ३३ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ४ करोड ७० लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ६८ करोड ८४ लाख रुपैयाँ संकलन गरी कर्जामा ५९ करोड ३४ लाख रुपैयाँ लगानी गरेको छ, जुन गत वर्षको तुलनाभन्दा ५१ दशमलव २८ प्रतिशतले वृद्धि गरेको हो । बैंंकको खुद व्याज आम्दानी ६ दशमलव २५ प्रतिशतले घटेर १ करोड ५६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३७ दशमलव ५ प्रतिशतले बढेर १ करोड १५ लाख रुपैयाँ रहेको छ ।
बैंकको निष्कृय कर्जा १ दशमलव ३६ प्रतिशत, जोखिम युत्त सम्पत्ति ३२ दशमलव ७० प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ७ दशमलव ०५ रुपैयाँ, मुल्य आम्दानी अनुपात वार्षिक ६५ दशमलव २४ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४१ दशमलव ३० रुपैयाँ र तरलता अनुपात ३४ दशमलव ८९ प्रतिशत रहेको छ ।