राद्यी जलविद्युत कम्पनीको खुद मुनाफा ५ प्रतिशतले घट्यो |
काठमाडौं । राद्यी जलविद्युत कम्पनी लिमिटेडले दोस्रो त्रैमासमा ३ करोड ५९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ४ दशमलव ९३ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा नाफा ३ करोड ७८ लाख रुपैयाँ कमाएको थियो ।
४५ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा १२ करोड ७३ लाख रुपैयाँ राखेको छ । कम्पनीको सम्पत्ति ९५ करोड ५५ लाख रुपैयाँ रहेको छ । कम्पनिको विद्युत बिक्री वापत आम्दानी ८ करोड १० लाख रुपैयाँ पुगेको छ । कम्पनीको आम्दानी ३ दशमलव ७५ प्रतिशतले बढेर ३ करोड ३७ लाख रुपैयाँ पुगेको छ भने खर्च ११ दशमलवल ९० प्रतिशतले बढेर ४ करोड ७१ लाख रुपैयाँ रहेको छ ।
राद्यी जलविद्युत कम्पनको प्रतिशेयर आम्दानी वार्षिक १५ दशमलव ९४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १० दशमलव २९ गुणा र प्रतिशेयर नेटवर्थ १ सय २८ दशमलव २४ रुपैयाँ रहेको छ ।