शेयर बजारमा २१ कम्पनीका ३ अर्ब १२ करोडको आईपीओ थपिँदै |
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा २१ वटा विभिन्न कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमतिका लागि निवेदन दिएका छन् । ती सबै कम्पनीलाई बोर्डले आईपीओ निष्कासनका लागि अनुमति दिएमा नेपाली शेयर बजारमा अब ३ अर्ब १२ करोड रुपैयाँबराबरको ३१ करोड २ लाख कित्ता शेयर थपिने भएको छ ।
आईपीओ निष्कासनका लागि निवेदन दिने कम्पनीहरूमा सबैभन्दा बढी जलविद्युत कम्पनी १५ वटा, चारवटा माइक्रो फाइनान्स, एउटा मर्चेन्ट बैंकिङ र एउटा इनभेष्टमेन्ट फण्ड रहेका छन् ।
निष्कासनको पर्खाइमा रहेकामध्ये सबैभन्दा बढी शेयर युनिभर्सल पावर कम्पनीको रहेको छ । उक्त कम्पनीले ९६ करोड ६१ लाख ६१ हजार रुपैयाँबराबरको ९६ लाख ६१ हजार ६ सय १० कित्ता आईपीओ निष्कासनका लागि निवेदन दिएको छ ।
त्यसैगरी घलेम्दी हाइड्रोपावरले १५ करोड ५५ लाख ७७ हजार रुपैयाँबराबरको १५ लाख ५५ हजार ७७० कित्ता शेयर निष्कासनको माग गर्दै निवेदन दिएको छ । अब ती सबै कम्पनीको निवेदनको स्वीकृतिलगत्तै सर्वसाधारणका लागि आईपीओको विक्री खुला हुनेछ ।
आईपीओ निष्कासनका लागि निवेदन दिने कम्पनीहरूमा कोको छन् ? हेर्नुहोस्