आशा लघुवित्त २ करोड ६४ लाख रुपैयाँ नोक्सानमा
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । यसअवधिमा कम्पनी २ करोड ६४ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष कम्पनीले १ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा आशाको खुद ब्याज आम्दानी पनि ५.७५% ले घटेको छ । यस्तै, कम्पनीको सञ्चालन घाटा २ करोड ६७ लाख रुपैयाँ रहेको छ । यसअवधिमा लघुवित्तको इन्पेयरमेन्ट चार्ज र खर्च बढ्दा नोक्सानमा हुन पुगेको हो । यस्तै, सञ्चालन घाटा र खुद नाफा घट्दा दबाब पुगेको हो । साथै खराब कर्जा बढेकाले पनि नाफामा घटेको हो ।
कम्पनीको निक्षेप संकलन ०.६२% ले घट्दा कर्जा लगानी २.९५% ले बढेको छ । यसको वितरणयोग्य नाफा २ करोड ३८ लाख रुपैयाँ ऋणात्मक रहेको छ । आशाको प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ ४७ पैसा ऋणात्क रहेको छ । गत वर्ष प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३० पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १४० रुपैयाँ ९८ पैसा छ ।