एफवान सफ्ट ग्रुपबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
काठमाडौं । नेपालको अग्रणी फिनटेक ग्रुप एफवान सफ्ट गु्रपले जाजरकोट र रूकुप पश्चिममा गएको भूकम्प पीडितको सहयोगार्थ आर्थिक सहयोग गरेको छ ।
ग्रुपले प्रधानमन्त्री दैवी उद्धार कोषमा बिहीबार रू ३० लाख जम्मा गरेको हो । कोषमा एफवान सफ्ट ग्रुप अन्तरगतका एफवान सफ्ट इन्टरनेशनल, इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर तथा एफवान सफ्ट ग्रुपमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गरेका हुन् ।
केहिदिन अघि गएको भूकम्पमा परि जाजरकोट र रूकुम पश्चिमम ठुलो जनधनको क्षति भएको छ । उक्त क्षतिमा आफुहरूको सानो सहयोगले पनि केही राहत होस् भन्ने उदेश्यले प्रधानमन्त्री दैवी प्रकोपा उद्धार कोषमा रकम हस्तान्तरण गरिएको एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए ।