बीवाईडी नेपालले भूकम्प प्रभावित क्षेत्रलाई दियो ११ लाख रुपैयाँ
काठमाडौं । रुकुम पश्चिम भूकम्प प्रभावितलाई बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इन्कले ११ लाख रुपैयाँ सहयोग गरेको छ।
भूकम्प प्रभावितका लागि कम्पनीले उक्त रकम दिएको हो । कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा गरेको जानकारी दिइन ।
हामीले गरेको सहयोगले भूकम्पबाट समस्यामा परेकाहरुलाई आवश्यक सहयोग पुग्ने अपेक्षा गरेको उनले बताइन । गत हप्ता गएको भूकम्पबाट जाजरकोट र रुकुममा ठूलो क्षति भएको छ ।