काश्मिरको आतंकवादी हमलामा ४० को मृत्यु, प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतको जम्मु–काश्मिरमा भएको आतंकवादी हमलाको भर्त्सना गर्दै दुःख व्यक्त गरेका छन् । प्रम ओलीले हिजो बिहीवार साँझ भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन सम्पर्क गरी उक्त घटनाप्रति दुःख एवम् मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।
कास्मिरको पुलवालामा बिहीवार दिउँसो जैस–ए–मोहम्मद नामक आतंकवादी समूहले विस्फोटक पदार्थले भरिएको गाडी भारतीय सेन्ट्रल रिजर्भ पुलिस फोर्स चढेको गाडीमा लगेर ठोक्काएको थियो । विस्फोटक पदार्थले भरिएको उक्त गाडी पुलिस फोर्सको गाडीमा ठोक्किएर भएको विष्फोटनमा ४० भन्दा बढी सुरक्षाकर्मीको ज्यान गएको भारतीय सञ्चार माध्यमहरूमा उल्लेख छ । उक्त गडाडी जम्मु काश्मिरबाट श्रीनगरतर्फ गइरहेको थियो ।