नेपाल जस्ताे विकासोन्मुख देशहरुकाे खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्छाै : क्याप्टेन हुसेन मुसल्लम
काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका वर्ल्ड एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसल्लमले नेपाल जस्ताे विकासोन्मुख देशहरुकाे खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने बताएका छन् ।
नेपाल पाैडी संघकाे आयोजनामा ललितपुरमा आयोजित एक कार्यक्रममा उनले नेपाली पौडीको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे हाे । उनले विश्व एक्वेटिक्सले नेपालको पौडी खेलको विकासमा सक्दो सहयोग गर्ने बताए ।
पछिल्लो समय वर्ल्ड एक्वेटिक्सको प्राथमिकताहरु परिर्वतन भएको बताउँदै उनले अब नेपाल जस्ता विकासोन्मुख देशहरुका खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने बताए ।
उनले आफुहरुले नेपालको पौडी खेललाई नजिकबाट नियालेको बताउदैँ आफ्नो नेपाल भ्रमण नेपालको खेल क्षेत्रको विकासका लागि प्रतिबद्धता जनाउनकै लागि भएको बताए । उनले प्रशिक्षक उत्पादन तथा भौतिक संरचना निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले पौडीलाई विद्यालय शिक्षाकै रुपमा विकसित गर्नुपर्ने बताउनुभयाे । उनले आफ्नो अर्को भ्रमणमा नेपालको पौडी खेलमा केही परिर्वतन देख्न चाहेकाे बताए ।
कार्यक्रममा पौडी एसोसियसनका महासचिव जगतमान श्रेष्ठले हुसेनको नेपाल भ्रमणका लागि धन्यवाद दिदैँ नेपालमा पौडी क्षेत्रको विकासमा उहाँको आगमनले थप योगदान पुग्ने विश्वास व्यक्त गरे ।