निफ्राको नगद लाभांश घोषणा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट नगद लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित ४.२१०५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक, अर्थमन्त्रालय र निफ्राको वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । यस बैंकले अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा पनि ४.२१% नगद लाभांश वितरण गरेको थियो ।