प्रिमियममा शेयर जारी गर्ने प्रस्ताव पारित गर्न सागर डिष्टिलरीले बोलायो साधारण सभा
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले प्रिमियममा शेयर जारी गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले मंसिर १५ गते, शुक्रबार आफ्नो रजिष्टर्ड कार्यालयमा प्रथम वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ९ बजे शुरु हुनेछ।
सभाले प्रिमियम मूल्यमा शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, नयाँ सञ्चालक समिति गठन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।