लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालको नाफा ६ प्रतिशतले वृद्धि |
काठमाडौं, माघ २९ । निजि क्षेत्रको जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पाेरेशनले दोस्रो त्रैमासमा खुद मुनाफामा ७ करोड १७ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ६ दशमलव १८ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा नाफा ६ करोड ७६ लाख रुपैयाँ कमाएको थियो ।
१ अर्ब ३३ करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा तथा कोषमा ५४ करोेड ८१ लाख रुपैयाँ र जीवन बीमाकोषमा ४८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी भिनो अंकले घटेर १३ करोड ३९ लाख रुपैयाँ रहेको छ भने भने खर्च २८ दशमलव ४२ प्रतिशतले बढेर ६ करोड २१ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले यस अबधीमा बीमा शुल्क ५ अर्ब ७८ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ भने दाबी भुक्तानी १ अर्ब ४३ करोड ४९ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल बीमा शुल्क आर्जन ५ अर्ब ८१ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ । कुल दाबी भुक्तानी १ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ५ दशमलव ३८ प्रतिशत, मुल्य आम्दानीको अनुपात ३१६ दशमलव ०८ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ५० रुपैयाँ रहेको छ ।