चिलिमे हाईड्रोपावर कम्पनीको खुद मुनाफा १३ प्रतिशतले घट्यो |
काठमाडौं । चिलिमे हाईड्रोपावर कम्पनी लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा ४५ करोड ३१ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १३ दशमलव ६३ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले नाफा ५२ करोड ४६ लाख रुपैयाँ कमाएकोे थियो ।
४ अर्ब ७५ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा ४ अर्ब ४२ करोड १ लाख रुपैयाँ पुर्याएको छ । यसको चालु सम्पत्ति ३८ दशमलव ६३ प्रतिशतले बढेर १ अर्ब ७९ करोड ४६ लाख रुपैयाँ पुगेको छ । जसको सम्पत्ति ९ अर्ब ६५ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै कम्पनिको विक्री तर्फ १ दशमलव २६ प्रतिशतले घटेर ६२ करोड ४५ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा ६ दशमलवल ३९ प्रतिशतले घटेर ४८ करोड ३० लाख रुपैयाँ रहेको छ ।
चिलिमे हाईड्रोपावरको प्रतिशेयर आम्दानी १९ दशमलव ०५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २८ दशमलव ५६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ९२ दशमलव ९० रुपैयाँ र तरलता अनुपात ५ दशमलवल ९७ प्रतिशत रहेको छ ।