प्रभु बैंकको खुद नाफा ४६.७० प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकको खुद नाफा बढेको छ । यसअवधिमा खुद नाफा ४६.७०% ले बढेर १ अर्ब ३ करोड कायम भएको छ ।
गत वर्षको यसैअवधिमा बैंकले ७० करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः २९.१५% र ५१.३२% ले बढेको छ । यसले गर्दा बैंकको नाफा बढ्न टेवा पुगेको छ ।
प्रभुको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ र रिजर्भ कोषमा १० अर्ब ९३ करोड रुपैयाँ रहेको छ । यता, बैंकको प्रतिसेयर आम्दानी भने ४ रुपैयाँ ६२ पैसाले घटेर १७ रुपैयाँ ५७ पैसामा झरेको छ ।
गत वर्ष यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २२ रुपैयाँ १९ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८२ पैसा छ ।