एलआईसी नेपालले हकप्रद शेयर जारी गर्ने, बोर्डमा दियो निवेदन

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले असोज २९ गते हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले सेबोनबाट स्वीकृती पाएपछि २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यो हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।