महिला सहयात्रा माईक्रोफाइनान्सको नाफा २३९ प्रतिशतले वृद्धि |
काठमाडौं । महिला सहयात्रा माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा २३९ दशमलव ९८ प्रतिशतले वृद्धि गरी १ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा जम्मा ३६ लाख रुपैयाँ पुगेको थियो ।
१२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी भएको महिला सहयात्रा माईक्रोफाइनान्सले जगेडाकोषमा २ करोड ३१ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २३ करोड ५ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा १ अर्ब २ करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७० दशमलव ९५ प्रतिशतले वृद्धि गरेको हो ।
यसको खुद व्याज आम्दानी ३८ दशमलव ४६ प्रतिशतले बढेर ३ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४ सय प्रतिशतले बढेर १ करोड ५१ लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा अत्याधिक वृद्धि भएकोले नाफामा पनि अत्याधिक वृद्धि देखिएको हो ।
महिला सहयात्रा माईक्रोफाइनान्सको निष्कृय कर्जा २ दशमलव ३३ प्रतिशत, जोखिम युक्त सम्पत्ति १४ दशमलव १९ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक २० दशलमव ७४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २६ दशलमव ९० गुणा, प्रतिशेयर नेटवर्थ १ सय १९ रुपैयाँ र तरलता अनुपात २६ प्रतिशत रहेको छ ।