न्यूरोडमा सुरु भयो नेपाली ब्राण्डको जुत्ताघर, ५० प्रतिशतसम्म छुट पाइने
काठमाडौं । काठमाडौँको न्युरोड स्थीत न्युरोड मलमा नेपाली जुत्ताघर सञ्चालन आएको छ । नेपाल जुत्ता उद्योगी समुहले बुधबारबाट न्यूरोडमा नेपाली जुत्ताघर सञ्चालन गरेका हुन् ।
उक्त जुत्ता घरमा नेपाली ब्राण्डका जुत्ताहरु पाउन सकिन्छ । त्यहाँ जुत्ता किन्दा ५० प्रतिशतसम्म छुट पाइने व्यवस्था रहेको उद्योगीहरुले बताए । उक्त घरमा क्रसरोड, डीजे कलेक्सन, रोयल सुज, फस्ट वक, कोसेली, रन सुज, वीएफ डियर हिल गरी आठ ब्राण्डका जुत्ताहरु पाउन सकिने छ ।
जुत्ताघरको उद्घाटनमा सांसद सावा लिम्बु र काठमाडौँ उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठको उपस्थिती रहेको थियो । उक्त जुत्ता घरको बुधवार उद्घाटन भएको हो ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले व्यावसायमा ठुलो समस्या रहेको बताए । “व्यवसायमा ठुलो समस्या छ तर, देशका नेता र अर्थशास्त्रीहरुले देशमा समस्या छ भनेर स्वीकार्न तयार छैनन्,” उनले भने, “ तर नेपालको उत्पादन बाहिर जादा सरकारले कुनैपनि चासो देखाएको छैन ।”