रिडि हाईड्रोपावरको नाफा ८७ लाख |
काठमाडौं । रिडि हाईड्रोपावर डेभलपमेन्ड कम्पनी लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा ८७ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ४ दशमलव ०५ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा नाफा ९० लाख रुपैयाँ कमाएको थियो ।
५३ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडाकोषमा १ करोड ९७ लाख रुपैयाँ राखिएको छ । जस कम्पनीले जगेडाकोष पनि घटेको छ । कम्पनिको विक्री तर्फ १ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको आम्दानी ७ दशमलव १४ प्रतिशतले घटेर १ करोड ३३ लाख रुपैयाँ पुगेको छ भने खर्च ८ दशमलव २१ प्रतिशतले घटेर २२ लाख रुपैयाँ पुगेको छ । । सञ्चालन मुनाफा ६ दशमलवल ९४ प्रतिशतले घटेर १ करोड ११ लाख रुपैयाँ रहेको छ । कम्पनीले आम्दानी तथा संचालन मुनाफा घटाएको हुँदा नाफा पनि घटेको हो ।
रिडि हाईड्रोपावरको प्रतिशेयर आम्दानी वार्षिक ६ दशमलव ५७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १९८ दशमलव ९७ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ३ दशमलव ७१ रुपैयाँ रहेको छ ।